२३ असार, घोराही-
बृहत दाङ उपत्यका सिचाईको आयोजनामा तुलसीपुर र घोराहीका विभिन्न सिचाई आयोजनाहरुको अनुगमन गरिएको छ । आयोजनाका प्रमुख राजु आचार्यको अघुवाईमा निर्माणाधिण जलाशय र लिफ्ट सिचाई आयोजनाको अनुगमन गरिएको हो ।
जसमा तुलसीपुर १८ र १९ को सिमानामा पर्ने दुधेगजेरी जलाशयको अनुगमन गरिएको छ । ६० हेक्टर खेती योग्य जमिनमा सिचाई पु¥याउने लक्ष्यका साथ जलाशय निर्माणको काम भईरहेको आयोजना प्रमुख आचार्यले जानकारी दिनुभयो ।
उहाले अहिले सम्म ३० प्रतिशत काम भएको जानकारी दिनुभयो । केहि वर्ष पहिले डिपिआर गरी अहिले जलाशय निर्माणको काम भईरहेको उहाले बताउनुभयो । यस्तैगरी तुलसीपुर १८ मा रहेको पृथली जलाशय, घोराही २ र ३ को सिामानामा पर्ने सरेसोता जलाशयको अनुगमन गरिएको छ ।
घोराही २ मा घोराही उपमहानगरपालिकाले निर्माण गरेको जलाशयमा चेपे लिफट सिचाई आयोजना संचालन भएको छ । आयोजना प्रमुख आचार्यले घोराही उपमहानगरपालिकाले निर्माण गरेको जलाशयबाट आफुहरुले लिफटिङ मार्फत सिचाई आयोजना सुचारु गर्न लागेको बताउनुभयो ।।