२०८१ असार २ गते शनिवार

सैन्य पदमा उत्तिर्ण ४२ जनालाई द होप ट्रेनिङद्धारा सम्मान



२५ जेठ, घोराही – दाङको घोराहीमा रहेको द होप ट्रेनिङ सेन्टरले बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । नेपाली सेना सैन्य पदमा उत्तिर्ण ४२ जनालाई शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरी बधाई तथा सम्मान गरिएको हो। ट्रेनिङ सेन्टरका अध्यक्ष डाक्टर गीर रोदन महराको अध्यक्षता तथा उपराष्ट्रिपतिका पुर्व स्वकिय सचिव मिलन डाँगीको प्रमुख आतिथ्यता एवं वडा प्रहरी कार्यालय घोराहीका ईन्सपेक्टर राम प्रसाद पाण्डेको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी डाँगीले सम्मानितहरुलाई देश र जनताको हितलाई केन्द्रमा राखेर काम गर्न आग्रह गर्नुभयो । देशमा शान्तिसुरक्षा कायम गर्ने सवालमा शुरक्षकर्मीको महत्वपुर्ण योगदना रहने भन्दै ईमान्दार र कर्मठ भएर लाग्न उहाँको आग्रह थियो ।

कार्यक्रममा बिशिष्ट अतिथी ईन्स्पिेक्टर पाण्डेले राष्ट्र र जनताको सेवा जोडिएका विद्यार्थीलाई स्वागत गर्दै नेपाल सरकारले लिएको “समृद्ध नेपाल, सुखी नेपाली” भन्ने दीर्घकालीनसोच सहितको विकासका लक्ष्यलाई पूरा गर्न प्रतिबद्धभएर लाग्न उहाँको सुभाब थियो । सार्थै सेनाको पेशागत दक्षता र क्षमता अभिवृद्धि गर्न सधै क्रियाशील हुनुपर्ने उहाँको भनाई थियो ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्