२५ जेठ, काठमाडौं– सुनको मूल्यले दिनहुँ रेकर्ड बनाइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार रूपैयाँले बढेर १ लाख ४५ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
यो अहिलेसम्मकै उच्च हो । यसअघि बिहीबार सुन तोलाको १ लाख ४४ हजार कायम हुँदै रेकर्ड बनाएको थियो । शुक्रबार तेजाबी सुनको मूल्य तोलाको १ लाख ४४ हजार ३ सय रूपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५० रूपैयाँले बढेर प्रतितोला १ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २०८१ जेष्ठ २५ गते शुक्रवार