२४ जेठ, दाङ – दाङको तुलसीपुर स्थीत राप्ती प्रादेशिक अस्पतालमा अपरेशन सेवा लिने विरामीको संख्या बढेको छ । १० महिनाको अवधिमा अस्पतालबाट २ हजार सातसय बढीले अप्रेशन सेवा लिएको अस्पताल प्रशासनले जनाएको छ ।
जनशक्तिको अभावकै कारण प्रभावकारी सेवा दिन समस्या भएको राप्ती प्रादेशिक अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट ओम अर्यालले बताउनुभयो ।
मेडिकल सुपरिटेन्डेन्ट अर्याललका अनुसार १० महिनाको अवधीमासर्जरी सेवा ९२ जनाले लिएका छन् । जसमा ३५ जना महिला र ५७ जना पुरुष रहेका छन् ।
त्यसैगरी अर्थोपेडिक विभागबाट १७ महिला र ३० जना पुरुष गरी ४७ जनाले सेवा लिएको मेडिकल सुपरिटेन्डेन्ट अर्यालले जानकारी दिनुभयो । १० महिनामा अस्पतालबाट ३०३ जना महिलाहरुले अप्रेशन गरेर सुत्केरी सेवा लिएका अस्पताल प्रशासनले जनाएको छ ।।