२०८१ जेष्ठ ३० गते बुधवार

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै



२४ जेठ, घोराही – कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रमआज सार्वजनिक गर्ने भएको छ । प्रदेश सरकारले तयार गरेको वार्षिक नीति तथा कार्यक्रम प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभा बैठकमा प्रस्तुत गर्नु हुनेछ ।

विगतका अधुरा योजनालाई कार्यान्वयन गर्ने विषय प्राथमिकताकमा राखिएको छ भने विनियोजन विधेयकका सिद्धान्त, प्राथमिकतामाथि प्रदेशसभा सदस्यले छलफलका क्रममा दिएका सुझाव समेटेर नीति तथा कार्यक्रम तयार पारिएको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले जानकारी दिनुभयो ।

कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम स्वीकृत गरिसकेको छ । नीति तथा कार्यक्रम पारित भएपछि आगामी असार १ गते प्रदेश सरकारले बजेट ल्याउनेछ ।।

प्रकाशित मिति : २०७९ जेष्ठ २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्