२०८१ असार ६ गते बुधवार

जिसस सल्यानको निर्वाचन जेठ २९ गते, तीन दलबिच सहमती



२४ जेठ, सल्यान – जिल्ला समन्वय समिती सल्यानको निर्वाचन जेठ २९ गते हुने भएको छ। सोमबार जिल्ला सदरमुकाम खलंगामा सम्पन्न सत्ता गठबन्धन दलको बैठकले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी बिच भागबन्डा गरिएको छ।

जस अनुसार प्रमुख नेपाली कांग्रेस, उपप्रमुख माओवादि केन्द्रले लिने सहमति भएको निवर्तमान जिल्ला समन्वय समिति प्रमुख समेत रहेका नेपाली कांग्रेस सल्यानका सभापति केशबहादुर विष्टले बताउनुभयो ।

त्यस्तै अन्य सदस्यहरुमा कांग्रेसलाई एक पुरुष खुला सदस्य र दुई महिला सदस्य, माओवादी केन्द्रलाई एक पुरुष खुला सदस्य, एक महिला सदस्य सहित एक दलित महिला सदस्य, एकीकृत समाजवादीलाई एक पुरुष खुला सदस्य दिने सहमति भएको सभापति विष्टले बताउनुभयो।।

प्रकाशित मिति : २०७९ जेष्ठ २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्