२०८१ असोज २३ गते बुधवार

स्वास्थ्यमन्त्री तामाङद्वारा सम्पत्ति विवरण सार्वजनिक



२४ जेठ,काठमाडौं –
स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ। सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्री तामाङले सम्पत्ति विवरण सार्वजनिक गर्नुुभएको  हो ।

जनप्रतिनिधिको हैसियतमा काम तथा कार्वाहीलाई पारदर्शी तुल्याउन आफूले विवरण सार्वजनिक गरेको मन्त्री तामाङले बताउनुुभयो । ‘मन्त्रिपरिषद्को सदस्यको रुपमा मैले विवरण सार्वजनिक गरेको छु’ उहाँले भन्नुुभयो ।

सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्