२०८१ असार ६ गते बुधवार

झुपलाल कँवर स्मृति शैक्षिक अक्षयकोष स्थापना



२४ वैशाख,घोराही-  तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको आधारभुत विद्यालय खौसापुर दाङमा झुपलाल कँवर स्मृति शैक्षिक अक्षयकोष स्थापना गरिएको छ । वडा नम्बर १४ ड्वाङपुर निवासी स्वर्गिय कँवरका श्रीमति स्वानी कँवर, छोरा पूर्ण बहादुर कँवर, छोरी गोमा कँवर, ज्वाई गोपाल पौडे्ल र नाती एरिक पौडे्लले उक्त विद्यालयमा २० हजारको छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुभएको हो ।

उक्त विद्यालयमा अध्यापन गराउँदै आउनुभएका कँवरको गतवर्ष कोरोना संक्रमणका कारण निधन भएको थियो । श्रीमति र छोराको तर्फबाट १० हजार र छोरी, ज्वाई र नातीको तर्फबाट १० हजारको अक्षयकोष स्थापना गरिएको छोरी गोमा कँवरले जानकारी दिनुभएको छ ।

अक्षयकोषको वार्षिक व्याज रकम कक्षा आठको वार्षिक परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई हरेक वर्ष पुरस्कृत गरिने उहाँको भनाई छ । रकम पछि थप गरिदै जाने जनाइएको छ । उक्त अक्षयकोष श्रीमति स्वानी कँवरको संरक्षकमा रहने भएको छ ।।

प्रकाशित मिति : २०७९ बैशाख २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस्