२०८१ असार ६ गते बुधवार

घोराहीको एक डेरीमा आगलागी



२४ वैशाख,घोराही –
घोराही १५ मा रहेको घोराही डेरीमा आगलागी भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडि अस्पताल रोडमा रहेको डेरीमा आगलागि हुदा करिब ६ लाख बराबरको मेसिनरी यन्त्रमा क्षति भएको सञ्चालक सुदय शर्माले जानकारी दिनुभएको छ ।

ग्यास लिक हुदा लागेको आगो प्रहरी र घोराही उपमहानगरपालिकाको दमकलको सहायतामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । क्षतिको थप विवरण भने आउन बाकी रहेको प्रहरीले जनाएको छ । उक्त डेरीमा यस अघि गतवर्ष पनि आगलागी भएको थियो ।।

प्रकाशित मिति : २०७९ बैशाख २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस्