२०८१ चैत्र १० गते आइतवार

दाङको बंगलाचुलीमा नमूना मतदान, ५ वटा मत बदर



२४ वैशाख, घोराही – यही बैशाख ३० गते हुने पालिका तह चुनावको तयारीस्वरुप दाङको बंगलाचुली गाउँपालिकामा आज नमूना मतदान गरिएको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङको आयोजनामा दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ५ मुर्कुटीमा नमूना मतदान कार्य सम्पन्न गरिएकोहो ।

नमूना मतदानमा विभिन्न स्थानबाट आएका ६४ जनाले मतदान कार्यमा भाग लिएको प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । जसमा  ५ वटा नमूना मतपत्रमा बदर देखिएको प्रदेश निर्वाचन कार्यालय दाङका शाखा अधिकृत रेवतबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश निर्वाचन कार्यालयले दाङको एकमात्र ठाउँमा नमूना मतदान गर्ने योजना स्वरुप दाङको विकट पालिकाको रुपमा रहेको बंगलाचुली गाउँपालिकालाई छनौट गरिएको हो । जहाँ गरिएको नमूना मतदानबाट यस पटको निर्वाचनमा बदर मतको संख्या कम हुने आशा राखिएको उहाँले बताउनुभयो ।।

प्रकाशित मिति : २०७९ बैशाख २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस्