२४ बैशाख,घोराही ।
आज दाङका ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । केन्द्रका अनुसार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही तथा जिल्ला बाहिर गरिएको पिसिआर परिक्षणमा ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेहरुमा तुलसीपुरका १५६ जना, घोराहीका १३४ जना, लमहीका ७, दंगीशरणका ६, बबईका ३, राप्ती र बंगलाचुलीका २÷२ जना र राजपुर र गढवाका एक÷एक जना रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
५ सय १५ जनाको स्वाव परिक्षण गर्दा १ सय ७१ पुरुष र १ सय ४४ जना महिला संक्रमण देखिएको केन्द्रले जनाएको छ । बैशाख महिनाको अहिलेसम्म २ हजार ७ सय ३३ जनामा संक्रमण पुष्टि भएको हो । अहिले सम्म जिल्लामा ६ हजार १ सय ३३ जना कोरोनाबाट संक्रमित भएका छन । यस्तै आज दाङमा एकैदिन १ सय ७८ जना कोरोना संक्रमित निको भएका छन् ।
आज निको भएका संगै बैशाखयता जिल्लामा ६ हजार ७० जना संक्रमण मुक्त भएका छन् । यो सँगै अहिलेसम्म संक्रमण मुक्त हुनेको संख्या ४ हजार १ सय ६५ पुगेको छ ।।