२०८१ जेष्ठ ५ गते शनिवार

दाङमा ट्रक दुर्घटना हुदा चालक घाईते



२४ बैशाख,घोराही ।
दाङमा ट्रक दुर्घटना हुदा चालक घाईते भएका छन । सल्यानबाट दाङ तुलसीपुर तर्फ आउदै गरेको ना ६ ख ३३३० नम्वरको ट्रक राप्ती राजमार्ग अन्र्तगत तुलसीपुर ३ हरनेटीमा दुर्घटना हुदा बागचौर नगरपालिका १० मोखला बस्ने २१ बर्षिय निम बहादुर सुनार घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिब बहादुर सिंहले जानकारी दिनुभयो । दुर्घटना आज दिउँसो एक बजे भएको भएको हो । घाईते सुनारको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्