२०८० फाल्गुन १२ गते शनिवार

दाङको चखौरामा खाना महोत्सव हुने



२४ चैत्र,घोराही- नयाँ वर्षको अवसरमा दाङको चखौरामा खाना महोत्सव हुने भएको छ । चखौरा जाआंै खाना महोत्सव मनाऔं भन्ने नाराका साथ यही चैत २९ देखि २०७९ वैशाख ३ गतेसम्म खाना महोत्सव सञ्चालन हुने भएको हो ।

चखौरा होमस्टेको आयोजना र प्रदेश सरकार पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेको आर्थिक सहयोगमा हुने महोत्सवमा आदिवासी जनजातिसँग सम्बन्धित खानपानहरुको बजारीकरण गर्ने उद्देश्य राखिएको छ ।

खाना महोत्सवमा मगर परिकारमा बंगुरको मासु, सेल रोटी, सिस्नो ढिडो, नेवारी खाना योमरी, लाखामारी, बारा, छोयला, कचिला, सगुन, थारु परिकारहरु मार, ढिक्री, घोंघी, गंगटा, माछा, अनदीको झोल, ख¥या, सिन्की आलु, कन्वा पटौरी लगायत पाइने छ ।।

प्रकाशित मिति : २०७८ चैत्र २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्