२०८२ बैशाख १८ गते बुधवार

घोराहीका कृषकलाई कृषि सामग्री वितरण




२४ चैत्र,घोराही –
घोराही उपमहानगरपालिकाले कृषकहरुलाई कृषियन्त्र वितरण गरेको छ । चालु आर्थिक वर्षको विनियोजित बजेटबाट कृषकहरुको पहिचान गरी आज एक कार्यक्रक गरेर कृषियन्त्र वितरण गरिएको हो । कृषि शाखा प्रमुख चोपनारायण खनालको अध्यक्षता तथा नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी पालिकाका विभिन्न वडाबाट दरखास्त हालेको कृषकहरुको अनुगमन, निरिक्षण पश्चात आवश्यकताका आधारमा उक्त कृषियन्त्र वितरण गरिएको हो ।
जस अनुसार ३० वटा पावर टिलर, मिनि टिलर १४ वटा, रिपर अर्थात धान काट्ने मेसिन २ वटा, रोटाभेटर २ वटा, थ्रेसर १ वटा, पम्पिङ सेट २ वटा, मोटर ३ वटा तीन समुहलाई वितरण गरिएको शाखा प्रमुख खनालले बताउनुभयो । कुल लागतको ६० प्रतिशत पालिकाको र ४० प्रतिशत कृषकको गरेर अनुदानमा ती सामग्री उपलब्ध गराइएको हो ।
कुल ८० लाख ८१ हजारको साउन महिनामाटेण्डर आह्वान गरिएकोमा ६९ लाख ७५ हजारमा स्वीकृत भई ती सामग्री प्राप्त भएकोमा आज कृषकलाई हस्तान्तरण गरिएको छ ।
सो अवसरमा नगरप्रमुख चौधरीले कृषि यान्त्रिकीकरण गर्दै कृषि उत्पादकत्व बढाउने अभियानमा पालिका लागेकाले यसको महत्वलाई बुझेर काममा लाग्न कृषकलाई आग्रह गर्नुभयो । कृषि सामग्री पाएपछि कृषक हर्षित भएका छन् ।

प्रकाशित मिति : २०७८ चैत्र २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्