२०८० फाल्गुन १२ गते शनिवार

क्षेत्रीको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह




२४ चैत, घोराही –
घोराही उपमहानगरपालिका वडा नम्बर १८ निवासी लिला रोका क्षेत्रीको उपचारको लागि सहयोगको गरिदिन परिवारले आग्रह गरेको छ । ४५ वर्षिया क्षेत्री बाँया तर्फको स्तनमा घाउँ भई क्यानसर हुने अवस्थामा पुग्नुभएको छ ।

परिवारको आर्थिक अवस्था कम्जोर भएकाले उपचारमा समस्या भएको उहाँका श्रीमान बसन्त रोका क्षेत्रीले बताउनुुभयो । उहाँको लामो समय सम्म देखि खिम नरेश बुढाथोकी मेमोरीयल नयाँ बजारमा उपचार भैरहेको छ ।

डाक्टरको सल्लाह अनुुसार उहाँको थप उपचारको लागि तत्तकाल जिल्ला बाहिर लग्नुुपर्ने भएकाले उपचारको लागि आर्थिक सहयोग गरिदिन श्रीमान बसन्तले आग्रह गर्नुभयो । सहयोग गर्नका लागि पिडित लिला रोका क्षेत्रीको नाममा रहेको मेगा बैकंको खाता नम्बर ०२१००५०११०६४५ मा जम्मा गर्न सकिने छ ।।

प्रकाशित मिति : २०७८ चैत्र २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्