२५ चैत्र,घोराही।
पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको आज जिल्ला, प्रदेश, संघ र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा आज एकै साथ निर्वाचन भएको छ ।
आगामी तीन बर्षे कार्यकालका लागि प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत आज देशभर एकै साथ निर्वाचन भएको हो । दाङमा २० सदस्यीय कार्य समितिका लागि ४० जनाले उमेद्वारी दिएका छन् ।
नयाँ कार्य समितिका लागि प्रेस संगठन, प्रेस युनियन र प्रगतिशित पत्रकार संघ सहितको लक्ष्मी आचार्य अध्यक्ष रहेको प्यानल र प्रेस चौतारी सहित अन्य संगठनको तर्फबाट दुर्गालाल केसीको प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिएको हो ।
२ सय ७६ जना मतदाता रहेको नेपाल पत्रकार महासंघमा २ सय ६३ जनाले भोट हालेका छन् । अब मतगणना भोली बिहानबाट हुने छ । यसैगरी, ९ जना प्रदेश परिषद सदस्यका लागि १९ जना र ४ सदस्यीय केन्द्रीय परिषद् सदस्यका लागि ९ जनाले उमेद्वारी दिएका छन् ।
पत्रकार महासंघमा नयाँ नेतृत्वका लागि १३ हजार १२२ सदस्य मतदानमा सहभागि भएका छन् । पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा दाङका बिपुल पोख्रेल, उपाध्यक्षमा उदय जिएम, केन्द्रिय सदस्यमा टीका बस्नेत, बंशिकुमार शर्मा प्रतिस्पर्धामा रहनुभएको छ ।
यस्ता प्रदेश महासंघमा दाङबाट उपाध्यक्षमा गणेश आचार्य, चुमा आचार्य, सदस्यमा किरण बिक्रम शाह, केशरमान बिसी, पार्वती बस्नेत प्रतिस्पर्धामा रहनुभएको छ ।