२५ चैत्र,घोराही ।
दाङमा झण्डै एक हजार जनाले कोरोना भाइरस बिरुद्धको दोस्रो डोज खोप लगाएका छन् । स्वास्थ्य कार्यालय दाङका अनुसार ९ सय ९३ जनाले दोस्रो डोज खोप पनि लगाएका हुन् ।
माघ १४ गते देखी सुरु भएको कोरोना बिरुद्धको खोपमा पहिलो चरणमा ३ हजार ५ सय ३७ जनाले खोप लगाएका थिए । ति मध्य ९ सय ९३ जनाले ८ हप्तापछि दोस्रो डोजको खोप लगाएका हुन् ।
सरकारले प्राथमिकता तोकेका स्वास्थ्यकर्मी, सफाईकर्मी, एम्बुलेन्स चालक, शब व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई पहिलो र दोस्रो डोज खोप लगाईएको स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिनुभएको छ ।
जिल्लामा अहिले सम्म ७ हजार ८ सय ८९ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् । ति मध्य दोस्रो डोजको खोप लगाउन ६ हजार ८ सय ९० जना बाँकी छन् ।
यसैविच दाङमा कोरोना संक्रमित थपिदै गएका छन् । भारतबाट आउने र शंका लागेका व्यक्तिहरुले जाँच गराउदा कोरोना संक्रमण देखिएको प्रमुख शाहीले बताउनुभयो ।।