२०८१ चैत्र १० गते आइतवार

रात्री प्राथमिक विद्यालय पलाँसेमा खाजा कार्यक्रमको रकम वितरण



२३ फागुन, घोराही -घोराही उपमहानगरपालिका २ मा रहेको रात्री प्राथामिक विद्यालय पलाँसेले दिवा खाजा, छात्ररछात्रा बृत्ति, दलित छात्र बृत्ति बापतको रकम वितरण गरेको छ । फागुन २० गते शुक्रबार विद्यालयमा एक कार्यक्रम गरी विद्यालयले विद्यार्थीका अभिभावक तथा आमा समूहको उपस्थितिमा उक्त रकम विपतरण गरेको हो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टार्जन खड्काको अध्यक्षता तथा विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष सुरतबहादुर चौधरीको प्रमुख आतिथ्यतामा रकम वितण गरिएको थियो। विद्यालयका १३१ जना विद्यार्थीलाई दिवा खाजा कार्यक्रम बापतको रकम रु १ लाख ४७ हजार ३ सय ७५ रुपैयाँ दिइएको थियो ।

त्यस्तै छात्ररछात्रा र दलित छात्र बृत्ति बापतको रुकम ९३ जनालाई रु ३७ हजार २ सय रुपैयाँ वितरण गरिएको विद्यालयका प्रध्यानध्यापक चामबहादुर विकले जानकारी दिनुभयो । गत असोजदेखि पुस महिनासम्मको दैनिक रु १५ रुपैयाँका दरले ७५ दिनको खाजा बराबरको रकम वितरण गरिएको हो ।

अब भने विद्यालयले रकम वितरण गर्ने छैन । माघ १ गतेदेखि विद्यालयमै खाजा खुवाइने कार्यक्रम सुरु भएको प्रध्यानाध्यापक विकले बताउनुभयो । उहाँका अनुसार साप्ताहिक रुपमा फरक फरक किसिमको व्यवस्था भएको छ । जसमा राइस फ्राई, गहुँको हलुवा, गेडाकुडी, मकै भुटेको, मासु चिउरा खुवाउने गरिएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्