२०८२ बैशाख ११ गते बुधवार

घोराहीमा गल्ने नगल्ने फोहोरलाई छुट्याउने सम्बन्धि अन्तरक्रिया




२३ फागुन,घोराही – बायो ग्यास प्लान्टलाई आवश्यक पर्ने कच्चापदार्थका लागि टोल विकास संस्थाहरुलाई श्रोतमै गल्ने नगल्ने फोहोरलाई छुट्याउने सम्बन्धि अन्तरक्रिया गरिएको छ । घोराही उपमहानगरपालिका सरसफाई व्यवस्थापनको आयोजनामा घोराही १४ मा रहेका टोल विकास संस्थाका प्रतिनिधि, जेष्ठ नागरिकहरुसँग श्रोतबाटै गल्ने र नगल्ने फोहोर व्यवस्थापन गरी त्यसबाट आम्दानी गर्ने बारे आज जानकारी गराइएको हो ।

उपमहानगरले फोहोरबाट ग्यास उत्पादन गरी नगरबासीलाईं वितरण गर्ने योजना अनुुरुप घोराही १६ करौती डाँडामा पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुुर्याएको छ । जसका लागि चाहिने आवश्यक गल्ने फोहोर श्रोतबाटै छुट्याउन सकेमा ग्यास उत्पादन र अन्य प्रयोजनमा फाईदा पुुग्ने उपमहानगरले विश्वास लिएको छ । जसका लागि चरणवद्ध रुपमा पालिकाका विभिन्न सरोकार निकायहरुसँग छलफल गर्दै आएको छ ।
वडा नम्बर १४ का वडा अध्यक्ष एवं विपद वातावरण तथा सरसफाई समिति संयोजक शक्तिराम डाँगीले नगरको सभ्यता र भावी पुस्ताको लागि वातावरण जोगाउन अभियानमा सबै जोडिनुु पर्न बताउनुुभयो ।

पूर्ण सरसफाई नगर घोषणाबाट मात्रै अरु घोषणा हुने भएकाले पनि सबैको साझा अभियान रहेको बताउनुुभयो । सरसफाई सहजकर्ता कृष्ण भण्डारीले अभिमुखीकरण गर्नुभएको कार्यक्रमको सहजीकरण शाखा प्रमुुख लक्ष्मण अधिकारीले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७८ फाल्गुन २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्