२०८१ भाद्र २९ गते शनिवार

प्रदर्शनीलाई पत्रकारमैत्री बनाउन अपिल



२३ फागुुन, घोराही – यही २६ गतेबाट हुुन थालेको दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनीका सन्दर्भमा जिल्लास्थित अग्रज पत्रकारहरुसँग छलफल गरिएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा गर्न थालिएको प्रदर्शनीलाई भव्यताका साथ सम्पन्न गर्न नियमित रुपमा विभिन्न निकाय, संघसंस्थाहरुसँग राय सुुझाव लिने काम गर्दै आएको छ ।

प्रदर्शनी मुुल आयोजक समिति संयोजक एवं संघका अध्यक्ष टंकसिंह बुुढाथोकीको अध्यक्षतामा बसेको बैठकमा स्थानीय कृषि उत्पादन, बजारीकरणलाई प्राथमिकता दिने गरी स्टलको व्यवस्थापन गर्न, जिल्लाका १० वटै पालिकाका स्थानीय उत्पादनलाई प्रचार प्रसार गर्न महत्व दिने लगायतका काममा प्रदर्शनीले भूमिका खेल्न अपिल गरिएको छ ।

प्रदर्शनीलाई मितव्ययी बनाउँदै लक्ष्य अनुरुपको काममा बचेको रकम खर्च गर्ने गरी अघि बढ्न पत्रकारहरुको सुुझाव रहेको थियो । यसैगरी प्रदर्शनीलाई पत्रकारमैत्री बनाउन विशेष अपिल गरिएको छ । सो अवसरमा पत्रकार प्रताप रेग्मी, शरद अधिकारी, खेमराज रिजाल, दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसाल, वरिष्ठ उपाध्यक्ष नरेश कार्कीलगायतले धारणा राख्नुुभएको थियो । छलफलमा प्रचार प्रसार उपसमिति संयोजक एकनारायण पौडेलले विषय प्रवेश गराउनुुभएको थियो । प्रदर्शनीको व्यवस्थापनको काम करीव ९० प्रतिशत सकिएको आयोजकले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ फाल्गुन २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्