२०८० फाल्गुन १२ गते शनिवार

घोराहीमा प्रणालीगत नेतृत्व विकास सम्बन्धी तालिम



२३ फागुन,घोराही –
संस्थाको संस्थागत विकास र क्षमता अभिवृद्धि गर्ने लक्ष्यका साथ दाङको घोराहीमा दुई दिने प्रणालीगत नेतृत्व विकास सम्बन्धी तालिम शुुरु भएको छ । ग्रामीण महिला उत्थान केन्द्रको आयोजनामा शुुरु भएको तालिममा नागरिक संघसंस्था, विभिन्न निकायका प्रंतिनिधिहरुको सहभागीता रहेको छ ।
सार्वजनिक निकाय तथा संस्थाको संस्थागत विकाससँगै सुुशासन कायम गर्न प्रणालीगत विषयमा अपनाउनुु पर्ने सावधानी र गर्नुुपर्ने कामका बारेमा सचेतना अभिवृद्धि गर्न तालिम आयोजना गरिएको बताइएको छ ।

केन्द्रकी अध्यक्ष आशमानी चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीको प्रमुुख आतिथ्यतामा कार्यक्रम गरी जिल्लास्थित नागरिकका पक्षमा काम गर्दै आएका संघसंस्थाका प्रतिनिधिहरुलाई तालिम दिन थालिएको छ । तालिकको प्रशिक्षकमा एफएचआई ३६० का भोला भट्टराई, सम्झना कक्षपति र प्रणभ भट्टराई रहनुभएको छ ।।

प्रकाशित मिति : २०७८ फाल्गुन २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्