२३ फागुन,घोराही/
दाङमा कोरोना भाइरस बिरुद्धको तेस्रो चरणको खोप लगाउन सुरु भएको छ । जिल्लाका दश स्थानिय तहमा करिब साढे ६४ हजार नागरिकहरुलाई कोरोना भाइरस बिरुद्धको खोप लगाउन सुरु भएको हो ।
जस अनुसार घोराहीमा १७ हजार ८ सय १९, तुलसीपुरमा १६ हजार एक सय ८४, राप्तीमा ५ हजार ४ सय ३५, लमहीमा ४ हजार ८ सय ६६ र बंगलाचुलीमा ३ हजार ९ सय ९५ जनालाई खोप लगाउने लक्ष्य लिईएको स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिनुभयो ।
त्यसैगरी, शान्तिनगरमा ३ हजार ७ सय ७६, बबईमा ३ हजार ४ सय ८१, गढवामा ३ हजार ४ सय २९, राजपुरमा २ हजार ९ सय ५ र दंगिशरणमा २ हजार ६ सय ८७ जनालाई खोप लगाउने गरी तयारी थालिएको उहाँको भनाई छ ।
पहिलो र दोस्रो चरणमा ७ हजार ८ सय ७९ जनाले कोरोना बिरुद्धको खोप लगाएका र तेस्रो चरणमा ६४ हजार ५ सय ७७ जनालाई खोप लगाउने तयारी गरिएको हो ।
तेस्रो चरणमा विद्यालयका शिक्षकहरु र ६५ बर्ष भन्दा माथीका व्यक्तिहरुलाई खोप लगाउन सुरुभएको हो । खोप लगाउन आएका जेष्ठ नागरिकहरु निकै उत्साहीत भएका छन् । सरकारले निशुल्क खोप लगाउने कार्यक्रम ल्याएको र आफुहरुलाई प्राथमिकता दिएको भन्दै खुशी समेत व्यक्त गरेका छन् ।
यस अघि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधी, कैदीबन्दी, स्वास्थ्य स्वयसेविका, कर्मचारी, पत्रकार र बंैंकका कर्मचारीहरुले खोप लगाएका थिए । स्वास्थ्य क्षेत्रका व्यक्तिहरुले ढुक्क भएर खोप लगाउन र मास्क एवं स्यानिटाईजरको प्रयोगमा निरन्तरता दिनसबैमा आग्रह गरेका छन् ।।