२०८१ चैत्र ११ गते सोमवार

रोल्पामा गाडी दुर्घटना हुदा आमाको मृत्यु, २ छोरा घाईते



२४ माघ, घोराही- रोल्पामा बोलेरो गाडी दुर्घटना हुदा एक महिलाको मृत्यु भएको छ । माडी गाउँपालिका देखि दाङ तर्फ आउँदै गरेको लु १ च ९४०६ नम्बरको बोलेरो गाडी त्रिवेणी गाउँपालिका ७ नन्दिखोला भन्ने स्थानमा दुर्घटनामा परेको हो । दुर्घटनाबाट गंगादेब गाउँपालिका २ घोडानेटाकी सीता खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक बिजय चापागाईंले जानकारी दिनुभयो ।

यस्तै दुर्घटनामा दुई बालक घाईते भएका छन् । घाईते दुबै बालक मृतक खड्का्का छोरा हुन् । उनीहरुको गैरिगाउँ स्वास्थ्य चौकी तिलामा समान्य उपचार पछि थप उपचारको लागि रोल्पा जिल्ला अस्पताल रेउघा रेफर गरिएको छ । गाडीमा ५ जना सवार रहेको प्रहरी निरीक्षक चापागाईंले बताउनुभयो । गाडि चालकसहित अन्य एक जना फरार छन् । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।।

प्रकाशित मिति : २०८१ माघ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्