२६ माघ, घोराही – रोल्पा जिल्ला क्वाकिदो संघको प्रथम अधिवेशनबाट अध्यक्षमा सुरेन्द्र वली चयन हुनुभएको छ । जिल्लाको परिवर्तन गाउँपालिकाको केन्द्र पुतलाचौरमा सम्पन्न अधिवेशनले वलीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो।
जसको बरिष्ठ उपाध्यक्षमा रामदेव घर्तीमगर, उपाध्यक्ष अनिल केसी, सचिवमा निरञ्जन रानामगर, कोषाध्यक्षमा दिपेन्द्र डाँगी रहेका छन् । अधिवेशनले सहसचिवमा भने पछि मनोनित गर्ने भएको छ ।
सदस्यहरुमा अमेरिका बुढामगर, सरिता बुढामगर, बिपना विश्वकर्मा, जोरकुमारी रोकामगर, विपिन घर्तीमगर, घमण्ड घर्तिमगर, शिलसिला घर्तीमगर, अस्मिता रोकामगर र कमला केसी रहेका छन् ।।