२५ माघ, दाङ – १८ औं शताब्दीको अन्तिमतिर शोधन खड्काले शान्तिनगर गाउँपालिका १ खर्काकोटबाट राज्य सञ्चालन गरेका थिए । अग्लो पहाडमा राजाको दरबार रहेको हुँदा पहिला निकै रमणीय ठाउँ रहेको थियो । तर, राजाले दरबार छाडेर हिँडेपछि त्यो विस्तारै जीर्ण तथा खण्डहर बन्दै गयो । अहिले त्यो ठाउँमा केही संरचनाको नमुना बाहेक अरु केही छैन् । त्यसैले यसको विकाससँगै प्रचार प्रसार गरेर एउटा पर्यटकीय केन्द्र बनाउन सकिने भन्दै स्थानीयहरूले कुरा उठाउँदै आएको भएयता पनि यो ठाउँ गुमनाम नै रहेको छ ।
स्थानीय ७२ वर्षीय गेहेन्द्र बहादुर खत्रीले आफ्नो ठाउँमा रहेको खर्काकोट दरबारका बारेमा साना हुँदा थाहा पाएका थिए । साना हुँदा खत्रीले राजाको बारेमा अलिअलि थाहा पाएको भएयता पनि भेट्न भने पाएका थिएनन् । उनले यहाँ राजाले बनाएको संरचनाहरूको याद अझै छ । तर, ति संरचनाहरू भने संरक्षणको अभावले सबै हराइसकेको छन् । जसका कारण पनि उनी जस्तै स्थानीयहरूले विगत देखि नै यसको विकास र प्रचार प्रसारको लागि आवाज उठाउँदै आएका थिए । यो ठाउँ जिल्लाको पर्यटकीय गन्तव्यको सम्भावना बोकेको भएयता पनि अहिलेसम्म बेवास्ता गरिँदा गुमनाम अवस्थामा रहेको उनको भनाइ ।
उनका अनुसार खर्काकोटमा तीन कुने दरबार, सुरक्षाकर्मी बस्ने घर तालिम गर्ने ठाउँ र राजाले पानीका लागि निर्माण गरिएको पोखरी लगायतका संरचनाहरू रहेका थिए । उनले भने‘ यो हाम्रो ठाउँ एउटा इतिहास बोकेको ठाउँ हो । यहाँ एकदमै राम्रो भएको हुँदा यसको विकास र प्रचार प्रचार गर्न आवश्यक छ । हामीले वर्षौदेखि कुरा उठाउँदै आएका छौँ । तर, अहिलेसम्म हाम्रो कुरा कसैले सुनेका छैनन् । ’ अग्लो ठाउँमा भएको हुँदा यहाँबाट दाङमा पूर्वपश्चिम दक्षिण भाग एकदमै राम्रो देखिने समेत बताए । उनले कुनै समय यस ठाउँमा ठुलो मेला लाग्ने गरेको भएयता पनि त्यो पनि हराएको समेत बताए ।
उनले भने,‘ यस पटक बजेट परेको छ, भन्ने सुनेका छौँ । अब यहाँको विकास र प्रचार प्रसार हुन्छ, भन्ने हामीलाई लागेको छ । यो काम पहिला नै गरेको भए, राजाका संरचनाहरू बचाउन सकिन्थ्यो । अब त्यो सम्भावना छैन्, यसलाई ऐतिहासिक ठाउँ बनाएर पर्यटकीय केन्द्र बनाउन सकिन्छ ।’ यस्तै उनले यस ठाउँको विकास र संरक्षणको लागि स्थानीयहरूको तर्फबाट सहयोग गर्ने तयार रहेको समेत बताए । यस्तै अर्का स्थानीय बल बहादुर वलीले खर्काकोट दरबार रहेको ठाउँ इतिहास बोकेको ठाउँ भएको हुँदा यसलाई राज्यले ध्यान नदिएको गुनासो गरे ।
करिब २ सय वर्ष पुरानो राजा बसेको ठाउँ बेवारिस गर्दा अहिले अस्तित्व नै हराएको भन्दै उनले यस ठाउँको संरक्षण गर्न आवश्यक रहेको बताए । विकट ठाउँ त्यसमा पनि कसैले चासो नदिएका कारण अहिले सबै संरचनाहरू भत्किएर हराएको उनको भनाइ छ । उनले यसको प्रचार प्रसार र संरक्षण गर्न सकेमा यो जिल्ला मै एउटा पर्यटकीय गन्तव्य बन्ने समेत बताए । राजाहरूले प्रयोग गर्ने पोखरी, सुरक्षाको लागि बनाएका पर्खालहरू यस ठाउँमा आफूहरूले देखेको भन्दै अहिले त्यो सबै हराएको समेत उनले बताए । उनका अनुसार दरबार रहेको ठाउँमा अहिले ठुलो खाडल बनाएको हुँदा कसैले यहाँबाट बहुमूल्य सामान लगेको हुन सक्ने बताए । एउटा रुखको मुनि ठूला खाडल खनेको हुँदा त्यसबाट राजाले राखेको सामानहरू लगेको हुन सक्ने भन्दै उनले यो ठाउँको राम्रोसँग उत्खनन गरेमा पुरातात्विक बस्तुहरू फेला पर्न सक्ने बताए ।
पर्यटन विभागको एक करोड बजेट
यो दरबारको लागि पर्यटन विभागबाट एक करोड बजेट विनियोजन भएको हुँदा आफू साइट हेर्न आएको विभागका सव इन्जिनियर कुल बहादुर श्रेष्ठले बताए । आफूले दरबार रहेको ठाउँको निरीक्षण गरेको भन्दै उनले यसलाई पर्यटकीय केन्द्रका रुपमा लैजानको लागि सडक बाटो भन्दा पनि राम्रो गोरेटो बाटो बनाउन आवश्यक रहेको बताए । उनले भने,‘ अहिले हामी जहाँसम्म गाडीमा आउँछौँ । त्यहाँसम्म गाडीको लागि बाटो राम्रो हुन आवश्यक छ । त्यो भन्दा माथि आउनको लागि एउटा खर्काकोट दरबार प्रवेशद्वार बनाएर सहज रुपमा पैदल हिड्ने गोरेटो बाटो बनाउनु पर्छ । ’
यस्तै उनले यो बजेट क्रमागत भएमा यहाँको विकास गर्न मद्दत पुग्ने समेत बताए । यो ठाउँको विकास गर्न सकेमा भविष्यको लागि पर्यटकीय केन्द्र बन्न सक्ने समेत उनले बताए । उनले भने,‘ एक डेढ घण्टाको दूरीका बजार रहेको छ । बजारको मानिसहरूलाई पनि यसो नजिकै घुम्न जाउँ भने पनि यो ठाउँ एकदमै उपयुक्त हुन्छ । त्यसैले यसको लागि क्रमागत बजेटको आवश्यक हुन्छ ।’ उनका अनुसार दरबारको लागि बजेट धेरै लाग्ने भएकाले त्यसका लागि गाउँपालिकाले पहल गर्न जरुरी रहन्छ । यस्तै उनले गाडी हिड्ने गरी यहाँ सडक बनाउन नहुने भन्दै त्यो गरेमा सबै विनाश हुने समेत बताए ।
यस ठाउँमा राजाहरूले नुहाउने पोखरी, दरबार भएको ठाउँ, मन्दिर र सुरक्षाको लागि बनाएका बङ्करहरू रहेको हुँदा यसलाई संरक्षण गर्न आवश्यक रहेको समेत बताए । यो ठाउँको विकास गर्न सकेमा भविष्यको लागि पर्यटकीय केन्द्र बन्न सक्ने समेत उनले बताए । उनले भने,‘ एक डेढ घण्टाको दूरीका बजार रहेको छ । बजारको मानिसहरूलाई पनि यसो नजिकै घुम्न जाउँ भने पनि यो ठाउँ एकदमै उपयुक्त हुन्छ । त्यसैले यसको लागि क्रमागत बजेटको आवश्यक हुन्छ ।’ उनका अनुसार दरबारको लागि बजेट धेरै लाग्ने भएकाले त्यसका लागि गाउँपालिकाले पहल गर्न जरुरी रहन्छ । यस्तै उनले गाडी हिड्ने गरी यहाँ सडक बनाउन नहुने भन्दै त्यो गरेमा सबै विनाश हुने समेत बताए । यस ठाउँमा राजाहरूले नुहाउने पोखरी, दरबार भएको ठाउँ, मन्दिर र सुरक्षाको लागि बनाएका बङ्करहरू रहेको हुँदा यसलाई संरक्षण गर्न आवश्यक रहेको समेत बताए ।
पुरानो इतिहास बचाउन लागेका छौँ : अध्यक्ष बस्नेत
गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतका अनुसार यस ठाउँका लागि अहिले एक करोड बजेट परेको भन्दै त्यसलाई सही रुपमा सदुपयोग गरेर यस ठाउँको विकास गर्ने तयारी रहेको छ । आफूले यहाँको इतिहास बुझ्दै जाँदा विसं १९६० सालमा यस ठाउँमा खर्काकोट राजाहरू बसेको भनेर जानकारी पाएको भन्दै उनले यसको विकाससँगै प्रर्वद्धन गर्नको लागि आफू निरन्तर रुपमा लागि रहेको समेत बताए । यस्तै उनले अहिलेको पुस्ताले ति पुराना कुराहरू सुनेर यहाँ आउने गरेको भन्दै भावी पुस्ताका लागि यसको विकास र संरक्षण गर्न आवश्यक रहेको समेत बताए ।
यस्तै उनले कुनै समयमा यो ठाउँमा मेला लाग्ने गरेको भएयता पनि त्यो पनि वर्षौँदेखि हराएको भन्दै यसको विकास भएका त्यसलाई पनि निरन्तरता दिने योजना गाउँपालिकाको रहेको बताए । उनले भने,‘ यहाँ राजाको दरबार मात्र नभइ दाङको भ्याली पनि एकदमै राम्रो देखिन्छ । त्यसैले यो गाउँपालिकाको मात्र नभइ जिल्ला कै पर्यटक केन्द्र बन्न सक्छ ।’ यस्तै यसको विकासका लागि गाउँपालिकाको बजेटले सम्भव नहुने भन्दै प्रदेश र सङ्घ सरकारले नै सहयोग गर्न पर्ने बताए ।
यो ठाउँमा पुग्न शान्तिनगरका विभिन्न क्षेत्रबाट सडक निर्माण गरिएको छ । शान्तिनगरको खिलतपुर हुँदै खज्जर भएर बाघखोर पुगेर पैदल खर्काकोट पुग्न सकिन्छ । यस्तै जुम्लेकुला, पेदीखोला हुँदै सानो हल्दे भएर उर्लिनचौरबाट बाघखोर पुगेर पैदल खर्काकोट पुग्न सकिन्छ । त्यसैगरी कालीदमार भएर बाघखोर पुगेर खर्काकोट पैदल जान सकिन्छ । अनि पेदिखोलाबाट सालघारी हुँदै बाघखोर पुगेर पैदल खर्काकोट पुग्न सकिन्छ । खर्काकोटमा गुफा रहेको हुँदा पनि पर्यटकहरूका लागि आकर्षण गर्ने स्थानका रहेको उनले बताए । अनलाईन राप्तीबाट