२५ माघ, तुलसीपुर ।
तुलसीपुर उद्योग वाणिज्यसंघको आसन्न अधिवेशनमा नयां नेतृत्वकालागी तीन जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसको तर्फबाट पुर्व अध्यक्ष टेकन प्रसाद बस्नेत(हिमाल)ले अध्यक्षमा उम्मेदवारी दिएका छन् । नेकपाको तर्फबाट रामप्रसाद चालिसेले उम्मेदवारी दिएका छन् भने संयुक्त व्यावसायीक प्यानलको तर्फबाट अध्यक्ष पदमा अनुप कुमार श्रेष्ठ(रामु)ले उम्मेदवारी दिएको निर्वार्वाचन अधिकृत तथा अधिवक्ता प्रविण लम्सालले जानकारी दिए । निर्वाचन प्रक्रियामा संस्थागत सदस्य प्रमोद सोनी र एसोशियट सदस्यमा सन्दिपन रिजाल निविरोध निर्वाचित भैसकेको निर्वाचन समितिले जनाएको छ ।
तीन जना उपाध्यक्षकालागी यज्ञ वहादुर केसी, मीनराज भण्डारी, रुप वहादुर भण्डारी, डिल्ली वहादुर वली, गोकर्ण गिरी, भुपाल रावत, तुलसीराम न्यौपाने, देवेन्द्र केसी, राजेन्द्र प्रसाद क्षेष्ठले मनोनयन दर्ता गरेका छन् । त्यसैगरी महासचिवमा विनिल केसी, केशवराज केसीले उम्मेदवारी दर्ता गरेका छन् भने कोषाध्यक्षमा देव वहादुर केसी, केशव वहादुर वली, पहल वहादुर रोकाय र डिल वहादुर वलीले मनोनयन दर्ता गराएका छन् । सचिवमा खुसलराम शर्मा, सपना बस्नेत, दुर्गा प्रसाद भण्डारी र वेदप्रसाद वलीले उम्मेदवारी दिएका छन् । सहकोषाध्यक्षमा हेमेन्द्र खड्का, कमल गौतम र टेकप्रकाश केसीले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसका नेता केशव आचार्यले हिमाल बस्नेतकै टिममा विनिल केसी रहेको बताएका छन् यसमा कुनै भ्रममा नपर्न पनि उनले आग्रह गरेका छन् ।
त्यसैगरी सदस्यहरुमा जनक वहादुर रावत, नविन राइ, दिपेश भण्डारी, रुपेश शर्मा, दुर्गावहादुर खड्का, निर्मल कुमार पौडेल, दुर्गाप्रसाद भुसाल, गोपिलाल चौधरी, चक्र प्रकाश नेपाली, डिलाराम बुढाथोकि, लिलामणि चौधरी, पवन केसी, झुपलाल खड्का र वालकृष्णि डागिले उम्मेदवारी दर्ता गराएका छन् । महिला सदस्य तर्फ यमकुमारी घिमिरे, निलम बस्नेत, नारायणि वली, गंगा खड्का, निर्मला भुषाल र विवि वेगम कवडियाले उम्मेदवारी दिएको प्रेस सल्लाहकार शरद रेग्मीले जनाएका छन् ।
तुलसीपुर उद्योग वाणिज्यसंघको नयां नेतृत्व चुन्नकालागी यी सवै व्यवसायीहरुले उम्मेदवारी दिएपनि व्यवसायी नेता तथा पुर्व अध्यक्षहरुले अहिलेको समयमा निर्वाचन भन्दा पनि व्यवसायीक नेतृत्व चयनकालागी सर्वसम्मत निर्णयको प्रयास थालिरहेका छन् । संभवतः नयां नेतृत्व सर्वसम्मत रुपमा चयन हुने संभावना पनि बलियो देखिएको छ । त्यसकालागी निवर्तमान अध्यक्ष विमल रिजालले सर्वसम्मत नेतृत्वकालागी पहल गरीरहेको बताइएको छ । सर्वसम्मत नेतृत्व चयन नभएको अवस्थामा फागुन १ गते तुलसीपुर उद्योग वाणिज्यसंघको कार्यालयमा मतदानको तयारी गरेको छ । तुलसीपुर उद्योग वाणिज्यसंघमा धेरै सदस्यहरुले नविकरण नगरेको अवस्थामा पनि पछिल्लो अधिवेशन र साधारणसभामा १ हजार ८ सय ६ व्यवसायीहरु रहेका छन् ।