२०८१ फाल्गुन ४ गते आइतवार

दाङमा ८ सहित नेपालमा ८८६ भारतीय नागरिक जेलमा



२५ माघ,घोराही ।
दाङ सहित नेपालका विभिन्न जेलमा ८ सय ८६ भारतीय नागरिक कैदी बन्दीको रुपमा रहेको एक तथ्यांकले देखाएको छ ।भारतीय विदेश मन्त्रालयले त्यहाँको राज्य सभालाई गराएको जानकारी अनुसार १३२ देशमा ७ हजार भन्दा बढी भारतीय नागरिक कैदीको रुपमा रहेका छन् ।

यसैविच यता दाङको तुलसीपुर स्थित कारागारमा ८ जना कैदिबन्दी रहेका छन् । लागु औषध मुद्धाका ३, अपहरणका ३, लागु औषध र जिउमास्ने तथा बेच्नेका एक एक जना गरि ८ जना कैदीबन्दी रहेको कारागारका जेलर युवराज परियारले जानकारी दिनुभएको छ ।

भारतीय विदेश मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी साउदी अरेवियाको विभिन्न जेलमा १५ सय ९९ भारतीय कैदीहरु रहेका छन् । त्यसैगरी युएई, वेलायत, कतार, मलेसिया इटलीलगायतका मुलुकमा धेरै भारतीय कैदी बन्दी रहेका छन् ।।

प्रकाशित मिति : २०७७ माघ २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस्