२०८१ फाल्गुन ३ गते शनिवार

घोराहीमा भएको मैत्रीपूर्ण भलिबलमा प्याब्सन विजयी



२३ पुस, घोराही– निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ( प्याब्सन) को ३४ औं स्थापना दिवसका अवसरमा मङ्गलबार सम्पन्न मैत्रीपूर्ण भलिबल प्रतियोगितामा प्याब्सन विजयी भएको छ । घोराहीस्थित मेचीकाली विद्यालयको खेलमैदानमा सञ्चालन भएको पत्रकार महासंघ र प्याब्सनबिचको  प्रतियोगितामा हरिप्रसाद पौडेल, चित्र बहादुर घर्ती नारायण प्रसाद धिमिरे, लक्ष्मी प्रसाद बुढा, नारायण बुढा, नवराज खत्री, विष्णु हमाल, विलाश घिमिरे र चक्र बहादुर रावत सम्मिलित प्याब्सनको समूह २—० को सोझो सेटमा विजयी भएको थियो ।

पत्रकार महासंघबाट प्रतियोगितामा सन्तोष सुवेदी, हिमाल महरा, जङ्ग रेउले, हेमराज परिवर्तन, दिपक वली, पुरन सोती मगर, यज्ञ पौडेल, लिलाधर वली र दिलीप नाथ सहभागी रहेका थिए ।

उद्‌घाटन सत्रमा प्रमुख अतिथि प्याब्सन केन्द्रका निवर्तमान प्राज्ञिक सल्लाह‌कार अरुण कुमार शर्माले स्थापना दिवसको अवसरमा प्याब्सनले बिगतदेखि मैत्रीपूर्ण खेलको अभ्यास गरिरहेको जानकारी गराउनुहुँदै यस्तो प्रतियोगिताले प्याब्सन र महासंघ बिचको सम्बन्ध मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । शुभकामना मन्तव्य राख्नुहुँदै नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीले यस्ता खेलले शारीरिक र मानसिक रुपमा जोडिन मद्दत पुर्याउने विचार व्यक्त व्यक्त गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष विरेन्द्र चन्दको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको अध्यक्षता प्याब्सन दाङ जिल्ला अध्यक्ष निर्मल न्यौपानेले गर्नुभएको थियो । मैत्रीपूर्ण भलिबल प्रतियोगिताको कार्यक्रमको संयोजक प्याब्सन जिल्ला सदस्य सुनिल गौतमले गर्नुभएको थियो भने सहजीकरण प्याब्सन जिल्ला सहकोषाध्यक्ष विमल अधिकारीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ पुष २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्