२०८१ माघ ४ गते शुक्रवार

जखेराताल महिला बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न



२३ पुस,घोराही –
जखेराताल महिला बचत तथा ऋण सहकारी सस्थालिमिटेडको १३ औ बार्षिक साधारणसभा तथा अधिवेसन आज सम्पन्न भएको छ । सहकारी सस्थाका अध्यक्ष शोभा घिमिरेको अध्यक्षता तथा लमही नगरपालिकाका उपप्रमुख देबका बेलबासेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सो अबसरमा थोरै बचतबाट शुरु गरिएको बचत संकलन अभियानका कारण अहिले महिलाहरु सफल उद्यमी र व्यवसायी बन्न सकेकोमा खुसी ब्यक्त गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि बेलबासेले हिजोका दिनमा मासिक २० रुपैया सकलन गरेर थालिएको बचत संकलनको अभियान अहिले २ करोड बढि भएको छ ।

अध्यक्ष समेत रहनुभएकी उप प्रमुख बेलबासेले आर्थिक सगै सस्थागत बचतगर्ने बानीको बिकाशले सामाजिक र राजनिति क्षेत्रमा समेत अग्रसर हुन प्रेरणा मिलेको बताउनु भयो ।

कार्यक्रममा अर्का बक्ता नेपाल पत्रकार महासघ दाङका निर्बतमान अध्यक्ष तथा रेडियो हाईवेका सम्पादक लिला शाहले बचत तथा रिण सहकारीमा आबद्ध भएका महिलाहरुलाई आर्थिक ब्यबस्थापनको लागी साहुको घरदैलोबाट चर्को ब्यबज लिएर गर्जेटार्ने समस्याको अन्त्य भएको बताउनुभयो । कान्तीपुर सहकारीका सचिब शोभाकर आचार्यले महिलाहरुलाई सगठित र आर्थिक रुपमा बलियो हुनका लागी सहकारीले राम्रो अबसर दिएको र त्यसलाई सबैले सहि तरिकाले उपयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सस्थाका पुर्ब अध्यक्ष तथा रिण समितिका सयोजक उदयरानी चौधरी, अन्जु चौधरी , सस्थाका पुर्ब सचिब सिता पौडेल लगाएतले बोल्नुभएको थियो । सो अवसरमा सचिव सरस्वति भुषालले बार्षिक र कोषाध्यक्ष माया पोखरेलले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

२०६४ सालमा साबिक सोनपुर गाबिस स्तरिय महिला बचत तथा रिण सहकारी सस्थामा हाल ९सय २९ जना सदस्य रहेका छन् कार्यत्र,mमको सचालन सचिब सरस्वति भुषाले गर्नुभएको थियो । सो अबसरमा जेष्ठ नागरि सहित सस्थाका बिभिन्न बिधामा उत्कृष्ट भएका समुह समितिलाइृ सम्मान गरिएको थियो ।।

प्रकाशित मिति : २०७८ पुष २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्