२३ पुस, घोराही – तुलसीपुर क्षेत्रका शिक्षक तथा विद्यार्थीमा कोरोना संक्रमण बढ्न थालेपछि ओमिक्रोन भए नभएको जाँच गर्न २० जना स्वाब काठमाडौ पठाईएको छ । पाँच दिनमा ८४ जना शिक्षक, विद्यार्थी र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुुष्टि भएको छ ।
नयाँ भेरिएन्ट ओमिक्रोन भए नभएको जाँचका लागि २० जनाको स्वाब काठमाडौ पठाईएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । रुघाखोकी लागेका र ज्वरो आएकाहरुको एन्टीजेन मार्फत कोरोना जाँच गर्दा ५ दिनको अबधीमा ८४ जनामा संक्रमण पुुष्टि भएको थियो ।
बिश्वका विभिन्न देशमा व्यापकरुपमा फैलिएको ओमिक्रोन भए नभएको जाँच गर्न काठमाडौ पठाईएको र आज बेलुुका सम्म नतिजा आउने स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिनुुभएको छ ।
कोरोना संक्रमण बढ्न थालेपछि तुलसीपुरका विद्यालय समेत बन्द गरिएको छ । यसैबिच कोरोना जोखिम कायमै रहदा भिडभाड र मेला महोत्सव लगाउदा संक्रमण फैलिएको स्वास्थ्य कार्यालयले निष्कर्ष निकालेको छ ।
आफुहरुले अहिले मेला महोत्सव र पार्टीहरुको सम्मेलन उचित छैन भनेको तर अटेरी गरेका कारण जोखिम बढेको शाहीको भनाई छ ।।