२३ पुस, घोराही – लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न एक अर्व बजेट दिने केन्द्रीय सरकारले प्रतिबद्धता जाहेर गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीबीच भएको भेटवार्ता पछि प्रदेश राजधानीका लागि आवश्यक पूर्वाधार निर्माण गर्न एक अर्ब रुपैयाँ उपलब्ध गराउन प्रधानमन्त्री देउवा राजी हुनुभएको हो ।
देउखुरीस्थित राप्ती गाउँपालिकामा राजधानीका लागि आवश्यक पूर्वाधार निर्माणको भइरहेको छ । बजेट अभाव भएपछि केन्द्रीय सरकारसंग ३ अर्ब माग्ने निणर्य लुम्बिनी प्रदेश सरकारले यसअघि नै गरेको थियो ।
अब राजधानीको गुरुयोजनासहित भौतिक संरचना निर्माण सुरु हुने मुख्यमन्त्री केसीले जानकारी दिनुभएको छ । त्यस्तै जग्गा अधिग्रहणको कामपनि अघि बढाइने भएको छ ।।