२३ पुस, दाङ- नेकपा एमालेले पुस २३ गते शुक्रबार देशभर एकैसाथ जिल्ला अधिवेशन गर्दैछ । एमाले महासचिब शंकर पोखरेलको गृह जिल्ला दाङ भएकाले यहाँको चुनाब चासोका साथ हेरिएको छ । एमाले दाङको जिल्ला अध्यक्षका लागि पुराना नेता शिबकुमार आचार्य आकाङ्क्षिरुपमा प्रस्तुत भएका छन । आचार्य एमाले भित्र सिनियर नेताकारुपमा परिचित छन ।
उनि बौद्धिक र बैचारिकरुपमा त्यतिक्कै अब्बल छन । त्यस्तै अध्यक्षमा अर्का नेता हुकुम बस्नेत आकाङ्क्षि छन । बस्नेत यसअघि उपाध्यक्ष र पार्टी भित्रक दुइ लाइन संघर्षकाक्रममा केपि ओलि पक्षको समानान्तर कमिटिको अध्यक्ष भएर चलाईसकेका छन । उनि नेकपा बिभाजित भई एमाले बनेको बेला पनि जिल्ला अध्यक्ष भएर काम गरे ।
बस्नेतले अध्यक्षको प्रतिष्पर्धाबाट अलग भए आचार्य सर्बसम्मत अध्यक्ष बन्नेछन । अन्तिममा अध्यक्षमा बस्नेतले रेस छाडेर आचार्यलाई समर्थन गर्ने सम्भाबना बलियो छ । नेता आचार्यले यसपाली आफू कुनै ब्यक्तिको नाममा राजनीति नबुझाउने र बैचारिकरुपमा आफुलाई अघि बढाउने घोषणा गरेका छन । उनले महासचिब शंकर पोखरेलको नाममा सधै भरि राजनितिबाट ब्याक नहुने बताए ।
पोखरेलका आचार्य बहिनि जुवाई हुन । आचार्य नेकपा हुँदै बिभाजित पछि एमालेको प्रदेश कमिटि सदस्य पनि बने । यसअघि नेकपा हुँदा पार्टीको जिल्ला अध्यक्ष को बन्नेमा आचार्य र टिकाराम खड्का निकै प्रतिष्पर्धा गरे । जिल्लाबाट केन्द्रमा आचार्यको एकल नाम पठाउदा समेत अन्तिममा चर्को लबिङ गरेर खड्काले अध्यक्षमा बाजि मारे । एमाले महासचिब पोखरेल अनेरास्वबियुको केन्द्रिय अध्यक्ष हुँदा शिबकुमार त्यो कमिटिको केन्द्रिय सदस्य भएर काम गरे । उनि एमालेको राजनीती गर्नेक्रममा केही समय भुमिगत भएर काम गरे । पार्टीकै होलटाईमर कार्यकर्ता हुँदा जेलजिबन बिताए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट एकैसाथ उद्घाटन गर्ने जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्व चयनसहितको जिल्ला अधिवेशन भएका कारण एमालेका नेता कार्यकर्तामा यतिखेर चुनावी सरगर्मी निकै बढेको छ । दाङमा एमालेमा पनि अधिवेशनबाट नेतृत्व लिन नेताहरूले सक्रियता बढाएका छन् । नेताहरूले सर्वसम्मत नेतृत्व चयनको गृहकार्य अघि बढाइरहँदा जिल्ला अध्यक्षका लागि भने दुई नेताहरूले आकाङ्क्षा राखेपछि चुनाबी रेस गरमागरम भएको छ ।।