२०८२ बैशाख ९ गते सोमवार

भेरी नदीमा बस खस्दा दाङका एक जनाको मृत्यु



२३ पुस सुर्खेत। छिन्चु–जाजरकोट सडक खण्डअन्तर्गत गुर्भाकोट नगरपालिका–९ गराले भुल्के नजिकैबाट भेरी नदीमा बस खस्दा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा बसका चालक दाङको बबई गाउँपालिका–३ का सुमन नेपाली रहेका छन् ।

दाङबाट सल्यान कालिमाटी हुँदै सल्लीबजार सल्यानतर्फ जाँदै गरेको ना ५ ख ७७५० नम्बरको बस दुर्घटना भएको हो । कालिमाटी गाउँपालिका–४ खैरेनी सल्यानका ईश्वर सुनार घाइते भएका छन्

उनलाई सुर्खेतको मेहलकुना अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

दुर्घटनामा एकजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीमगरले उनको खोजीकार्य जारी रहेको बताएका छन् ।

‘घाइतेले बताएअनुसार बसमा तीनजना सवारथिए । तीमध्ये दुईजना भेटिए पनि एकजना बेपत्ता छन्,’ उनले भने ।

प्रकाशित मिति : २०७७ पुष २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्