२३ पुस,घोराही ।
दाङको बंगलाचुली गाउँपालिकाले कम्प्युटर मार्फत अनलाईन घटना दर्ता सुरु गरेको छ । गाउँपालिकाले दोस्रो चरणमा वडा नम्बर १ र २ बाट अनलाईन घटना दर्ता सुरु गरेको हो ।
कागज रहित सेवा प्रबाह गर्ने लक्ष्य अनुरुप राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सञ्चालनमा ल्याएको सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सदृढीकरण अन्तर्गत घटना दर्ता अनलाईनबाट गर्न थालेको हो ।
गाउँपालिकाले यसअघि वडा नम्बर ३ र ४ बाट अनलाईन घटना दर्ताको कामको थालनी गरिसकेको छ । अन्य वडाहरु बाट पनि अनलाईन घटना दर्ता छिट्टै सुरु गरिने पंञ्जीकरण सेवा ईकाईका कमल कँवरमगरले जानकारी दिनुभयो ।।
प्रकाशित मिति : २०७७ पुष २३ गते बिहिवार