२३ पुस,घोराही ।
प्रतिनिधी सभा विघटन विरुद्ध नेपाल कम्युनिष्ट पार्टि (नेकपा) दाङले वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आज घोराहीको पत्रकार महासंको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरि अन्तरक्रिया गरेको हो । नेकपा दाङका अध्यक्ष टिकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधी सभा विघटन गर्नु भनेको असंवैधानिक तथा प्रतिगामी कदम भएको कार्यक्रममा वोल्ने वक्ताहरुले बताएकाछन ।।
कार्यक्रममा नेकपाकी केन्द्रिय सदस्य दावा शर्मा,बामपन्थि नेता तथा वुद्धिजिवी अमर गिरी,नेपाल राष्ट्रिय शिक्षक संघका केन्द्रिय सदस्य प्रेम ओली,नागरिक समाज दाङका संयोजक चन्द्रराज पाण्डे, जिल्ला बार दाङका शिब प्रशाद घिमिरे,प्रलेशका भुवन देवबोटा,पत्रकार महासंघ दाङका सचिव भुपेन्द्र ओली,वरिष्ठ अधिवक्ता अनिरुद्र गिरी,राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी लगाएतले आ–आफ्नो भनाई राख्नुभएको थियो ।
नेकपाका नेता लक्ष्मण आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जिल्ला सेक्रेटरी जिवन गौतमले विषयमा प्रवेश गराउनुभएको थियो प्रतिनिधी सभा विघटन विरुद्ध सरकारलाई ध्यानाकर्षण गराउनका निम्ति भोलि जिल्ला प्रशासण कार्यालय दाङलाई ज्ञापनपत्र बुझाउने कार्यक्रमको तय गरेको नेकपा दाङले जनाएको छ । कार्यक्रमको सहजिकरण नेकपाका जिल्ला सदस्य सुबास पुनले गर्नुभएको थियो ।