२०८१ चैत्र १३ गते बुधवार

नायव सुब्बा र लेखापढी व्यवसायी घुस रकमसहित पक्राउ



२३ पुस, दाङ । सर्लाहीको हरिवन नगरपालिकास्थित मालपोत कार्यालयका नायव सुब्बा बेधनिधि बराल र लेखापढी व्यवसायी रामसुन्दर महतो घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको कार्यालयबाट गएको टोलीले रंगेहात दुवै जनालाई बिहीबार नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
लालपूर्जामा नाम सच्याउने नाममा एकजना सेवाग्राहीसँग रु ११ हजार घुस लिँदै गर्दा दुवै जनालाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । थप अनुसन्धान भइरहेको बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७ पुष २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्