२०८२ बैशाख १० गते मङ्गलवार

अमेरिकी राष्ट्रपति ट्रम्पको ट्विटर र फेसबुक अकाउन्ट बन्द



२३ पुस, एजेन्सी।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सोसल साइट ट्विटर अकाउन्ट र फेसबुक अकाउन्ट १२ घण्टाका लागि बन्द गरिएको छ ।

चुनाव सम्बन्धी ट्विटका कारण उनको अकाउन्ट बन्द गर्नुपरेको ट्विटरले जनाएको छ । ट्विटरले भनेको छ, “वासिंटन डीसीमा भएको हिंसक स्थितिका बारेमा ट्रम्पले गरेको तीनवटा ट्विट हटाउनुपर्नेछ । यो ट्विट हाम्रो नीति विपरीत रहेका छन् ।”

ट्विटरले आफ्ना् नीति विपरीतलगातार ट्विट गरेमा सधैँका लागि अकाउन्ट बन्द गरिदिने चेतावनी पनि दिएको छ । त्यस्तै फेसबुकले पनि १२ घण्टाको लागि ट्रम्पको फेसबुक अकाउन्ट बन्द गरिएको जनाएको छ ।

प्रकाशित मिति : २०७७ पुष २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्