२०८१ माघ ५ गते शनिवार

सामाजिक कार्यमा महायज्ञको महत्वपूर्ण भूमिका : मन्त्री चौधरी



२१ मंसिर, दाङ – घोराही उपमहानगरपालिका–७ स्थीत श्री माध्यामिक विद्यालय सौडियारमा श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञ–२०८१ सुरु भएको छ । विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारका लागि आर्थिक संकलन गर्ने उद्देश्यले शुक्रवारदेखि विद्यालयको प्राङ्गणमा श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञ सुरु भएको हो ।

महायज्ञको लुम्बिनी प्रदेशकी उर्जा, जलश्रोत तथा सिचाई मन्त्री सीता चौधरीले उद्घाटन गर्दै शैक्षिक क्षेत्रको भौतिक तथा शैक्षिक गुणस्तर सुधारका लागि जनस्तरबाट सकारात्मक प्रयास भएको बताइन । जनतास्तरबाट विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि भएको प्रयासमा महायज्ञले सहयोग गर्ने भन्दै मन्त्री चौधरीले आगामी दिनमा आफुले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन । बद्लिदो समयसँगै शिक्षामा भौतिक तथा शैक्षिक सुधार आवश्यक रहेको बताएकी थिइन । मन्त्री चौधरीले आगामी दिनमा विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मुल आयोजक समितिका संयोजक निशानदाजु भट्राईको अध्यक्षमा भएको उद्घाटन कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि महायज्ञ सञ्चालन गरेको भन्दै महायज्ञलाई सफल बनाउनका लागि सवैको साथ र सहयोग आवश्यक रहेको बताएका थिए । आ–आफ्नो क्षेत्रबाट सवैले सहयोग गरे सानो सहयोगबाट पनि ठुलो काम गर्न सकिने भन्दै बक्ताहरुले शैक्षिक क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्न सवैलाई आग्रह गरेका थिए ।

कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. ७ का अध्यक्ष खोपीराम चौधरी, दाता पहिचान उपसमिति संयोजक भुपबहादुर डाँगी, अनुगमन तथा मूल्याङ्कन उपसमिति संयोजक भीमप्रकाश, किसान संघ दाङ जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरी, पदमोदय पव्लिक नमूना उच्च माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास चौधरी, विद्यालयका प्रधानाध्यापक लोकबहादुर बस्नेत, विद्यालय व्यवस्थापन समितिका शरद केसी, नेकपा एमाले घोराही–७ का कार्यवाहक अध्यक्ष माधव न्यौपानेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

मंसिर २८ गतेसम्म सञ्चालन हुने श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञको कथाबाचकमा पंण्डित कोमल उपाध्याय रहेका छन् । महायज्ञको उद्घाटन पूर्व विद्यालयबाट कलश तथा शोभा यात्रा गरिएको थियो । शोभा यात्रा विद्यालयबाट बेसाही हुँदै पुनः विद्यालय पुगेको थियो । कलाश तथा शोभा यात्रामा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीसँगै शिक्षक, अभिभावक, टोल विकास सस्थाका प्रतिनिधिलगायतको उल्लेख्य सहभागीता रहेको थियो ।

विद्यालयका शिक्षक हिरालाल न्यौपानेको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको कार्यक्रमका सहभागीलाई विद्यालय प्रधानाध्यापक नन्दबहादुर वलीले धन्यावाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण शिक्षक बिष्णु चौधरी र सुजिता चौधरीले गरेकी थिइन ।
महायज्ञको पहिलो दिन ३० हजार बढी आर्थिक संकलन भएको छ । घोराही–७ सौडियारमा रहेको जनजागृती बचत तथा ऋण सहकारी सस्थाले २० हजार एक सय पाँच रुपैयाँ सहयोग गरेको छ । त्यसैगरी बेसाही निवासी भुपबहादुर शाहले महायज्ञका लागि आवश्यक पर्ने खाद्यान्न सहयोग गरेका हुन ।

प्रकाशित मिति : २०८१ मङ्सिर २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्