२०८१ माघ ४ गते शुक्रवार

दाङमा ‘ओमिक्रोन’को संक्रमण फैलिन नदिन भारतीय नाकामा कडाई



२० मंसिर,घोराही –
कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण फैलिन नदिनका लागि भारतसंग सिमाना जोडिएका दाङका नाकामा सुरक्षा सर्तकता कडा पारिएको छ । नेपाल सरकारले निर्देशन दिए अनुरुप छिमेकी जिल्लासंग सिमाना जोडिएका स्थानमा स्वास्थ्य सुरक्षा सर्तकतालाई कडा पारिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुुभयो ।

जिल्लामा ओमिक्रोनको संक्रमण फैलिन नदिनका लागि भारतको नाकासंग जोडिएको कोलाबास नाकामा हेल्थ डेस्क स्थापना, नाकामा रहेका सुरक्षाकर्मी, स्वास्थ्य संस्था र सो सिमानासंग जोडिएका पालिकाहरुलाई सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिएको उहाँको भनाइ छ ।

त्यस्तै उनले हालसम्म जिल्लामा कुनै पनि त्यस्तो प्रकृतिको ‘केस’ नआएको बताउनुुभयो । भारतबाट नेपाल प्रवेश गर्नेलाई निगरानीमा राख्नुका साथै एटिजेन्ट परिक्षणका लागि व्यवस्था मिलाएको उहाँको भनाई छ ।

त्यस्तै जिल्लामा ओमिक्रोनको भयावह अवस्था हुने सम्भावना अझै नभएको र यदि त्यस्तो भयावह अवस्था आएको खण्डमा पनि त्यसको पूर्वतयारी रहेको उहाँले बताउनुुभयो ।।

 

प्रकाशित मिति : २०७८ मङ्सिर २० गते सोमवार
प्रतिक्रिया दिनुहोस्