२० मंसिर,घोराही –
दाङमा आज थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १० जनाको पिसिआर परिक्षणबाट दुई जना र विभिन्न स्थानिय तहमा गरिएको एन्टिजेन परिक्षणबाट दुई जना गरि चार जनामा संक्रमण पुष्टि भएको हो ।
जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङका अनुसार संक्रमण पष्टि हुनेमा घोराही र राप्तीका २/२ जना रहेका छन् । यसैविच आज जिल्लामा २ जना कोरोना मुक्त भएका छन् ।
संक्रमण मुक्त हुनेमा तुलसीपुर र लमहीका एक एक जना रहेको केन्द्रले जनाकारी दिएको छ । अहिले दाङमा कोरोनाका सकृय बिरामी २३ रहेका छन् । उनिहरु मध्य ४ जना आईसियूमा, २ जना सामान्य उपचारमा रहेका छन् भने १७ जना घरमै रहेको केन्द्रले जनाएको छ ।।