२०८१ माघ ४ गते शुक्रवार

प्युठानमा अटोलाई ठक्कर दिदा दुुईजनाको मृत्यु



२० मंसिर,घोराही –
प्युुठानमा टिप्परले अटोलाई ठक्कर दिदा दुुईजनाको मृत्युुभएको छ । रा १ ह ५७०७ नम्बरको अटोलाई चकचके र चेरनेटाको बिच क्षेत्रमा ना ८ ख ३९०३ नम्बरको टिप्परले ठक्कर दिदा अटोमा सवार दुुईजनाको घटना स्थलमै मृत्युुभएको हो ।

मृत्युु हुनेमा प्युठान नगरपालिका ३ घुुर्चनेका ३५ बर्षिय अमृत थापा र ४ बर्षका सुसान्त थापा रहेका छन् ।

दुर्घटनामा ८ बर्षीया दुुर्गा थापा, ३० बर्षका पुुनम थापा, १६ बर्षिया विपना थापा र १० बर्षिया सुुष्मा थापा घाईते भएका छन् । टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।।

प्रकाशित मिति : २०७८ मङ्सिर २० गते सोमवार
प्रतिक्रिया दिनुहोस्