२१ मंसिर ।
शरिरमा गोलीका छर्रा लागेर गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका वडा नं १३ फुलवारी निवासी खुसलराम पौडेलको मृत्यु भएको छ । भारतको लखनउमा उपचारको क्रममा शनिबार मृत्यु भएको स्थानीय दिपशिखा घर्तीले जानकारी दिईन् । नखनउमा उपचार सम्भव नभएपछि घर ल्याउने क्रममा शनिबार मध्यान्ह १२ बजे रुपैडिहामा मृत्यु भएको हो । पौडेलको शनिबार साँझ नै दाह संस्कार गरिएको थियो ।
पौडेललाई मंसिर १० गते राति सिकार खेल्न अमिलियाको चाउखोला बनमा गएको बेला उनीसंगै गएका साथीहरुले प्रहार गरेको गोली लोगर गम्भीर घाईते भएको प्रहरीले बताएको छ ।
प्रहरीले घटनास्थल नजिकैबाट एकथान बन्दुक समेत बरामद गरेको थियो । मंसिर १० गते बुधबार राति साढे ९ बजेतिर उक्त घटना भएको थियो । पौडेलको ढाडको पछाडी तीन ठाउँमा र तिघ्रामा दुई वटा गरि पाँचवटा गोलीको छर्रा लागेका थिए ।
प्रकाशित मिति : २०७७ मङ्सिर २१ गते आइतवार