२०८१ चैत्र १० गते आइतवार

दाङमा ५/६ जनाको समुहद्धारा दाजु कुटिए बहिनी माथी बलात्कारको प्रयास



२१ मंसिर । दाङमा मन्दीरमा दर्शन गर्न गएकी एक बालिकालाई बलात्कारको प्रयास गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोट निबासी २१ बर्षका बलदेव परियार रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

दुई दाजुबहिनी शनिबार दिउसो ३ बजे छिल्लीकोटमा रहेको मन्दीरको दर्शन गर्न गएका थिए ।
आरोपी परियारको नेतृत्वमा रहेको ५/६ जनाको युवाको समूहले दाजुलाई मरनासन्न हुनेगरि कुटपिट गरेर बहिनीलाई बलात्कार गर्न खोजेको पिडितले जानकारी दिएका छन् ।तुलसीपुर उपमहानगरपालिका–१२ बाट छिल्लीकोट मन्दीर नजिकै रहेको जंगलमा बलात्कार गर्न खोजेको आरोपमा युवकलाई पक्राउ गरिएको हो । कुटपिटबाट युवतिका दाजु गम्भिर घाइते भएका छन् । ।

प्रकाशित मिति : २०७७ मङ्सिर २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस्