२०८१ चैत्र १३ गते बुधवार

स्वेता खड्काले विवाहको अघिल्लो दिन लेखिन भावुक सन्देश



२१ मंसिर । अभिनेत्री स्वेता खड्काले विवाहको अघिल्लो दिन भावुक सन्देश लेखेकी छिन्।

यसअघिका श्रीमान नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको ६ वर्षपछि नायिका खड्काले दोस्रो विवाह गर्न लागेकी छिन्।

सोमबार उनको धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह हुँदैछ। उनले वितेको ६ वर्षमा भोगेका अनुभव र पीडालाई फेसबुकमा लेखेकी छिन्।उनले फेसबुकमा आफूले यस अवधिमा ठूलो पिर, व्यथा र दुखहरु खेपेको बताएकी छिन्। उनले फेसबुकमा मृत्युलाई छाडेर जीवन रोजेको उल्लेख गरेकी छिन्।

आफ्नो दोस्रो विवाहको निर्णयले एकल महिलो विवाह गर्न हुन्न भन्ने मानसिकता भएका मानिसलाई ठूलो झट्का लाग्ने पनि उनले उल्लेख गरेकी छिन्।आफूले भताभुंग भएको जीवनलाई फेरि व्यवस्थित गर्न दोस्रो विवाह गर्न लागेको उनले बताएकी छिन्।

नायिका खड्काले नायक श्रेष्ठसँग २०७१ असार २३ गते विवाह गरेकी थिइन्। दुर्भाग्य बिहे भएको १ महिनापछि नै ब्लड क्यान्सरका कारण त्यही सालको साउन २५ गते नायक श्रेष्ठको निधन भएको थियो।

यस्तो छ उनको फेसबुक स्टाटस: 

प्रकाशित मिति : २०७७ मङ्सिर २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस्