२१ मंसिर । हप्ताको पहिलो दिन सुनको भाउ दुई सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य तोलामा ९२ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अघिल्लो हप्ता सुनको भाउ तोलामा २२ सय रुपैयाँले बढेको थियो । अन्तर्राष्ट्रिय बजारमा नै भाउमा उतार(चढाव आएकाले नेपाली बजारमा पनि भाउ तलमाथि भइरहेको महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ भने स्थिर छ । अस्ति शुक्रबार जस्तै आज पनि चाँदी तोलामा १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : २०७७ मङ्सिर २१ गते आइतवार