२१ मंसिर । बुटवलको सुख्खानगरमा रहेको एक होटलमा गोली चलेको छ । तस्करहरु बसेको सूचना पाएर त्यहाँ पुगेको प्रहरीमाथि तस्करले नै गोली चलाएका हुन् ।
गैँडाको खाग तस्करी गर्नेले प्रहरीको पेस्तोल खोसेर हानेको गोली लागेर एक जना तस्कर नै घाइते भएका छन् ।
कलश होटलमा गैँडाको खाग तस्कर गर्ने समूहले प्रहरीको पेस्तोल खोसेर गोली चलाउँदा भक्तपुर बस्ने राकेश न्यौपाने घाइते भएका इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतितसिंह राठौरले जानकारी दिनुभयो ।
उनलाई उपचारका लागि भैरहवा मेडिकल कलेज लगिएको छ । यस्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भक्तबहादुर थापा र कर्णबहादुर राउतलाई पक्रेको प्रहरीले जनाएको छ । बिहान विशेष सुराकीको आधारमा प्रहरी खाग तस्कर बसेको होटलमा पुगेको थियो । गैँडाको खाग प्रहरीले बरामद गरेको छ ।