२१ कार्तिक । बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालको परिक्षणमा दाङका २ जनासहित ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अस्पतालले जारी गरेको सूचनामा दाङका दुई जना मध्ये तुलसीपुरका उपमहानगरपालिका वडा नम्बर ९ र १० का रहेका छन् ।
त्यसैगरी बाँकेका १३ जना, बर्दियका १५ जना, दैलेखका ३ जना र जुम्ला, रोल्पा, कैलालीका एक एक जना छन् । वितेको २४ घण्टामा १ सय ३० जनाको आरटिपिसिआर विधिद्धारा परिक्षण गर्दा ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति : २०७७ कार्तिक २१ गते शुक्रवार