२०८२ बैशाख ९ गते सोमवार

४० लाख रुपैयाँसहित एकजना पक्राउ



२१ कात्तिक । स्रोत नखुलेको ४० लाख रुपैयाँसहित नागढुङ्गाबाट एकजना पक्राउ परेका छन् ।

प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट नवलपरासी(पश्चिम)को पाल्हीनन्दन गाउँपालिका–२ का ४० वर्षीय व्यास गुप्तालाई शुक्रबार बिहान पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले बुटवलबाट काठमाडौं आउँदै गरेको लु.१ ख ८६५२ नम्बरको बस नागढुङ्गामा चेकजाँच गर्ने क्रममा गुप्ता पक्राउ परेका हुन् ।

झोला र कम्मरपेटीमा लुकाएर ल्याएको अवस्थामा १ हजार दरका उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्