२०८१ मङ्सिर २४ गते सोमवार

रझेनामा स्काउट बालबालिकालाई पोशाक वितरण



 २० असोज, घोराही-
माध्यामिक विद्यालय रझेनामा रहेका स्काउट बालबालिकालाई पोशाक वितरण गरिएको छ । लुुम्बिनी प्रदेश स्काउटले आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरि विद्यालयमा छनोट भएका ३२ जना स्काउट छात्रछात्राहरुलाई स्काउट पोशाक वितरण गरेको हो ।

विद्यालयका प्रधानाध्यापक उद्धब न्यौपानेको अध्यक्षता भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, वडा नम्बर १८ का अध्यक्ष भरत अर्याल र प्रदेश स्काउन संयोजक दिनानाथ भटराईले बालबालिकालाई पोशाक हस्तान्तरण गर्नुुभएको हो ।

बालबालिकालाई सानै उमेर देखी सामाजिक सेवाभाव प्रति आकर्षित गराउन, शान्ति, सुशासन, मेलमिलापका बारेमा बुुझाउन स्काउटले भूूमिका खेल्ने प्रदेश संयोजक भटराईले बताउनु भयो ।

त्यसै गरी नगर प्रमुख चौधरीले बालबालिका शिक्षित भए मात्रै समाज सभ्य बन्ने बताउनुभयो । बालबालिकालाई सामाजिक सेवाभावको शिक्षा अहिलेको आबस्यकता भएको उहाँको भनाई छ ।

त्यस्तै लुम्बिनी प्रदेश स्काउट सदस्य रविन ओली र नारायण अर्यालले समाजमा आउन सक्ने विभिन्न समस्या, बिकृतीलाई हटाउन निस्वार्थ सेवाभाबले स्काउटमा आबद्ध भएकाहरु लाग्नेमा विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमको सहजिकरण शिक्षक एवं स्काउटका नगर संयोजक रोमन अधिकारीले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७८ असोज २० गते बुधवार
प्रतिक्रिया दिनुहोस्