२० असोज,घोराही –
घोराही उपमहानगरपालिकाले विप्द व्यवस्थापन तथा उद्धारका लागि प्रहरीलाई विभिन्न सामाग्रीहरु हस्तान्तरण गरेको छ ।उपमहानगरपालिकाको बाताबरण तथा विपद् व्यवस्थापन शाखाले स्ट्रेचर, मेघाफोन, रनेकोट, हेलमेट, लाईट, गमबुुट, बेल्चा, गैटी, फरुवा, लाईफ जकेट, साबेल, पञ्जा, डोरी सहित एक दर्जन बढी प्रकारका ७६ वटा सामाग्रीहरु वडा प्रहरी कार्यालय घोराहीलाई हस्तान्तरण गरेको हो ।
नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने, विपद् व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगी सहितका जनप्रतिनिधी र विपद् व्यवस्थापन शाखाका कर्मचारीहरुले वडा प्रहरी कार्यालय घोराहीका प्रमुख, प्रहरी निरीक्षक हृदयेश सापकोटालाई उक्त उपकरण हस्तान्तरण गर्नुभएको हो ।
नगरमा हुने कुनै पनि विपद्बाट नागरिकहरुलाई बचाउन उद्धारमा प्रयोग हुने अत्याबस्यक सामाग्रीहरु प्रहरीलाई उपलब्ध गराईएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिनुुभयो ।
विपद्बाट बचाउने, क्षतिलाई न्यूूनिकरण गर्ने काममा अग्रपंक्तिमा खट्ने प्रहरीलाई स्रोत साधन युक्त बनाउन प्रहरी सँग समन्वयकारी सम्बन्ध स्थापित गरेको उहाँको भनाई छ । ३ लाख ६० हजार मूूल्यका ति खोज तथा उद्धारका उपकरणहरु प्रहरीलाई उपलब्ध गराइएको हो ।।